दोलखा
ललितपुरको पाटनबाट भिक्षु पढ्न आएका किशोर तामाकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन्।
आइतबार दिउँसो करिब २ बजे शैलुङ गाउँपालिका ७ फस्कुमा रहेको धम्बदायदा ध्यान केन्द्रमा भिक्षु पढ्न आएका अन्दाजी १६ वर्षिय उन्नत शाक्य बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दोलखाका सुचना अधिकृत दाताराम अधिकारीले जानकारी दिए।
उनका अनुसार शाक्य लगायत १०/१२ जना निजकै साथीहरुसँग तामाकोसी नदीको चरंगे घाटमा नुहाउन गएका थिए। सो क्रममा शाक्यलाई तामाकोसी नदिले बगाएको हो।
अहिले उनको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।