राजकुमार भुजेल,दोलखा।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट पुनः बिजुली उत्पादन सुरु भएको छ।आज बेलुका ८८ दिनपछि ७:४० बजेबाट पुनः विद्युत् उत्पादन सुरु गरिएको हो।
गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले आयोजना केन्द्रमा ठुलो जनधनको क्षति पुर्याएको थियो । त्यसपछि बिद्धुत उत्पादन ठप्प भएको थियो।
अहिले संरचनाको आंशिक मर्मतसम्भार गरेर नदीमा उपलब्ध पानीको बहाबलाई पूर्णरूपमा प्रयोग गरी १२० मेगावाट विद्युत् उत्पादन सुरु गरिएको अपर तामाकोसी हाइड्रोपावर कम्पनीले जनाएको छ।