दोलखा।
नेकपा माओवादी केन्द्र जिरी नगरपालिका -८ को वडा सम्मेलन भब्य रुपमा सम्पन्न भएको छ । मङ्गलबार सम्पन्न भएको सम्मेलनले निमा तामाङको अध्यक्षतामा २५ सदस्यिय वडा कमिटि र १३ सदस्यीय YCL कमिटि गठन गरिएको हो ।
सम्मेलनबाट गठित वडा कमिटिको इन्चार्ज तेम्बा शेर्पा, उपाध्यक्षमा दोर्जी शेर्पा र राम तामङ , सचिवमा केसर खाती, सह–सचिवमा लाल मान तामाङ, कोषाध्यक्षमा शिव सुनुवार (जिरेल) रहेका छन् ।सदस्यहरुमा पदम श्रेष्ठ, चन्द्र श्रेष्ठ, देउनारायन श्रेष्ठ, डबल खाती, सुशिला खाती, देवि खाती, हर्क बहादुर भण्डारी, लेनार्बु शेर्पा, सुशा जिरेल, धन बहादुर तामाङ, पुर्णिामा दाहाल, चन्द्र सुनुवार, पदम तामाङ र कर्ण तामाङ रहेका छन् ।
त्यसैगरी सम्मेलनले युबराज तामाङको अध्यक्षतामा वडा YCL कमिटि समेत चयन गरेको छ । जसको उपाध्यक्षमा साइमन तामाङ, सुक्रम शेर्पा, सुनिल तिमल्सिना, सचीव हेनार्बु शेर्पा, सह-सचिब बिस्णु मल्ल जिरेल र कोषाध्यक्ष मनोज तामाङ रहेका छन । सदस्यहरुमा छिरिङ शेर्पा, टीका बहादुर श्रेष्ठ, सागर तामाङ, चन्द्र बहादुर बिक, पोष बहादुर तामाङ, र टीका तामाङ रहेका छन ।
कार्यक्रम जिरी नगरपालिका -८ वडा कमिटीका अध्यक्ष निमा तामाङको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र दोलखा जिल्ला संयोजक कमल श्रेष्ठ (ज्योति) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।