शिव भुजेल, दोलखा।
विश्व क्यान्सर दिवसकाे अवसर पारेर माघ २२ गतेदेखि फाल्गुन ६ गतेसम्म देशव्यापी रुपमा संचालन भइरहेकाे पाठेघरकाे मुखकाे क्यान्सर विरुद्धको एच.पि. भी. ( Human papilloma Virus ) खाेप, खाेप अभियानकाे सुरुकाे दिन मेलुङ गाउँपालिकामा ३८४ जना छात्राहरुले खाेप लगाएका छन ।
गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङले वडा नम्बर १ पवटीकाे सत्यश्र्वर मावि खाेप केन्द्रमा खाेप लगाउने लक्षित वर्गका छात्राहरुलाई आवश्यक सल्लाह,सुझाव र सान्त्वना दिदै खाेप कार्यक्रमकाे उदघाटन गरेका थिए। अध्यक्ष तामाङले उद्घाटन गरे पश्चात गाउँपालिकामा निर्धारण गरिएको खाेप केन्द्रहरुमा खाेप सेवा संचालन गरि कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्राहरुलाई खाेप लगाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरीराम चापागाईंले जानकारी दिए । गाउँपालिका भित्रका विभिन्न ७ वटा वडाका ७ वटा विद्यालयहरु वडा नम्बर १ सत्यश्वर माविमा ८२ जना, वडा नम्बर २ काे कालिका माविमा ३७ जना, वडा नम्बर ३ काे लक्ष्मी माविमा २३ जना, वडा नम्बर ४ काे भीम माविमा २४ जना, वडा नम्बर ५ काे डाँडाखर्क माविमा ९७ जना, वडा नम्बर ६ काे त्रिभुवन माविमा ५८ जना र वडा नम्बर ७ काे आजादी माविमा ६३ जना गरेर खाेप अभियानकाे सुरुकाे दिनमा जम्मा ३८४ जना छात्राहरुले खाेप लगाएकाे पवटी स्वास्थ्य चौकीका इन्चार्ज उदित ठाकुरले जानकारी दिए ।
गाउँपालिकाकाे २३ वटा खाेप केन्द्रमा माघ २२ गतेदेखि २६ गते सम्म ५९७ जना छात्रालाई एच.पि.भी खाेप दिइने लक्ष्य रहेकाे मेलुङ स्वास्थ्य शाखाले जनाएकाे छ ।