दोलखा । गएरातिको बाढी र पहिरोको कारण दोलखाको विगु गाउँपालिका वडा -४ ओलिटारमा ४ घर बिस्तापित भएका छन् भने २ घर उच्च जोखिममा रहेका छन् । शनिबार राती करिब ११:३० बजे गाउँ नजिकै रहेको खहरे खोला थुनिएर आएको बाढी र पहिरोले यस्तो क्षति पुर्याएको हो ।
स्थानीय बिमल ओलीका अनुसार बाढीका कारण राज कुमार ओलिले स्टोर गरेर राखेको सम्पुर्ण टेका फर्मा, जनेरेटर, जस्ता पातामा पुर्ण रूपमा क्षती पुर्याएकाे छ । सिजन ओलीले घर र चौपायाको क्षती ब्यहोर्नुपरेको छ । स्थानीय कमल प्रसाद ओलीको भने घर तथा बाख्राको गोठ, डम्बरप्रसाद ओलीको दुहुनु भैसी बगाएको छ भने घर जोखिममा परेको छ ।
वडा अध्यक्ष खड्काले बाढीसँगै आएको पहिरोले सिँगटी–लामाबगर सडक अबरुद्ध भएको र अबरुद्ध सडक खुलाउने प्रयास भैरहेको बताए ।