काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ बढाएको छ । शुक्रबार राति बसेको निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर ३ र पेट्रोल लिटरमा १ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगमले बताए ।
अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १८३ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १७३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । पेट्रोलियम पदार्थ तथा ग्याँसको स्वचालिम मूल्य कार्यविधि, २०८० अनुसार सो मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।