गौरिशंकर गाउँपालिकाको आयोजनामा निशुल्क महिला तथा बाल स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
गाउँपालिकाको वडा नं. २ स्थित श्री निलकण्ठेश्वर माध्यमिक विद्यालयमा शुक्रबारदेखि सुरु भएको उक्त शिविरको गौरिशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले उद्घाटन गरेका थिए ।
गौरिशंकर गाउँपालिकाको आयोजना र जनउपकार बचत तथा ऋण सहकारी सस्था लिमिटेडको सहकार्य तथा क्याम्पटिभेटिङ नेपालको प्राविधिक सहयोगमा संचालन गरिएको शिविरमा शुक्रबार ४ सय महिला तथा ३ सय बालबालिकाले स्वस्थ्य परिक्षण गराएका छन्।
गौरिशंकर गाउँपालिका १ का अध्यक्ष प्रकाश खड्काको अध्यक्षतामा भएको कार्यक्रममा गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्की , गौरीशंकर गाउँपालिका २ का अध्यक्ष रोहित बुढाथोकी ,क्याम्पटिभेटिङ नेपालका प्रतिनिधि विकास खड्का लगायतले मन्त्वय राखेका थिए ।
हालसम्म पालिकाले आयोजना गरेको स्वास्थ शिविरमा ४५ सय लाभान्वित भएको गौरिशंकर गाउँपालिकाका स्वास्थ्य प्रमुख बसन्त रेग्मीले बताए ।