१९ कात्तिक, दोलखा । पर्यटकीय नगरी जिरी स्थित लिङ्कन बजारमा कार्तिक १५ देखि सुरु भएको जिरी च्याम्पियनसिप अन्तर्गतको भलिबलको उपाधि भरतपुर महानगरले जितेको छ ।
आइतबार भएको फाइनल खेलमा थाहा नगरपालिकालाई पराजित गर्दै भरतपुर महानगर चितवनले उपाधि जितेको हो ।
युवा सञ्जाल जिरीले आयोजना गरेको जिरी च्याम्पियनसिप २०८० को प्रतियोगिताको विजेतालाई नगद १ लाख ५१ हजार रुपैयाँ र उपविजेता थाहा नगरलाइ १ लाख १ हजार रुपैयाँ पाएको छ । उनीहरुलाई दोलखाका प्रतिनिधि सभा सदस्य गंगाा कार्किले पुरस्कार प्रदान गरे ।
प्रतियोगितामा विभिन्न जिल्लाका १७ टिम सहभागी थिए ।