राजकुमार भुजेल ,दोलखा। जिल्लाको वैतेश्वर गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । स्वास्थयका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ विहिबार देखि अन्तर विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।
वैतेश्वर गाउँपालिकाको आयोजना तथा हनुमन्तेश्वर माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको प्रतियोगिताको उद्धघाटन जिल्ला समन्वय समिति दोलखाका प्रमुख वर्जुराम घतानीले गरेका थिए । प्रतियोगितामा पालिका भित्रका ८ वटा सामुदायिक र एक निजी स्कुल सहभागी छन् । प्रतियोगिता शनिबार सम्म सञ्चालन हुनेछ ।
गाउँपालिका अध्यक्ष छवि लामाको अध्यक्षतामा सुरु भएको प्रतियोगितामा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख शंकर बाबु श्रेष्ठ लगायत विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, पालिका भित्रका वडा अध्यक्ष, पत्रकार सहभागीता रहेको थियो।