राजकुमार भुजेल ,दोलखा । यही साताको विहिबार अर्थात् पुष १३ गते देखि सुरु हुने बृहत दोलखा महोत्सव २०८० मा नेपालका चर्चित गायक गायिका तथा कलाकारहरुको विशेष प्रस्तुती हुने भएको छ ।
उद्योग वाणिज्य संघ दोलखाको आयोजनामा सुरु हुन लागेको महोत्सवमा साङ्गीतिक मनोरञ्जनका लागि कलाकारहरु मिलन नेवार, राजनराज सिवाकोटी, एलिना चौहाल, प्रिती आले, ज्योती मगर, नवराज घोरासैनी, रमेश प्रसाईं , प्रताप दास, रमेशराज भट्टराई, हरिबहादुर राउत लगायतका राष्ट्रिय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ। साथै स्थानीय कलाकारहरुको प्रस्तुती र विविधि साँस्कृतिक कार्यक्रम समेत हुनेछ ।
सदरमुकाम चरिकोट स्थित रङ्गशालामा आयोजना हुने महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम तय भएको संघले जनाएको छ। महोत्सवमा स्थानीय उत्पादनलाई विशेष जोड दिइएको छ। महोत्सवका लागि करिब डेढ सय स्टल बुकिङ भइसकेको छ । महोत्सव नजिकिँदै गर्दा सदरमुकाम चरिकोट बेहुली झै सिंगारिएको छ भने प्रचारप्रसारलाई तिव्र पारिएको छ। महोत्सव पुष २२ गते सम्म चल्नेछ।