राजकुमार भुजेल , दोलखा। दोलखामा पछिल्लो समय महिन्द्रा विद्युतीय (तिन पाङ्ग्रे) ट्रीओमा आकर्षक बढ्दै गएको छ। उद्योग वाणिज्य सङ्घ दोलखाले आयोजना गरेको १० दिने बृहत् दोलखा महोत्सवमा युवाहरुको विद्युतीय महिन्द्रा ट्रीओमा आकर्षक बढेको पाइएको हो ।
पेट्रोलियम गाडी भन्दा कम खर्च लाग्ने, वातावरण अनुकूल र स्वास्थ्यका लागि समेत राम्रो भएकाले पनि यसप्रति आकर्षण बढ्दै गएको हो । महोत्सव हेर्न आउने युवा देखि हरेक उमेर समुहका ब्यक्तिले अटोमा चासो दिनुका साथै अटो बुकिङ गर्न थालेको महिन्द्रा ट्रीओ चरिकोटका बिक्रेता यादव कार्कीले बताए । कार्कीले महोत्सवमा स्टल बुकिङ गरेर प्रदर्शनीमा राखेका छन्। महोत्सवमा ट्रीओ बुकिङका क्रममा चासो देखाएर सल्लाह तथा सुझाव लिनको लागि धेरै सङ्ख्यामा दर्शक आएको उनले बताए।
सदरमुकाम चरिकोटमा करिव दुई दर्जन जति अटो चल्ने गरेका छन् । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमा हुने घटबढले सर्वसाधारण मारमा पर्ने गरेका छन्। यो समस्याबाट समेत मुक्ति दिनको लागि महिन्द्रा ट्रीओको विद्युतीय अटो उपयोगी हुने देखिनछ । यसलाई घरमै सजिलैसँग चार्ज गर्न सकिने र एकपटक चार्ज गर्दा १ सय ३० किलोमीटर गुड्ने क्षमता रहेको छ। यसको बिक्री सदरमुकाम चरिकोट स्थित महिन्द्रा सोरुमबाट हुँदै आएको छ।