राजकुमार भुजेल , दोलखा। दोलखाको धार्मिक तथा पर्यटकीय स्थल कालिन्चोकमा हिउँ परे संगै पर्यटकहरुको चहलपहल बढ्न थालेको छ । गत माघ २ गते मौसममा आएको परिवर्तनसँगै परेको हिमपात पछि कालिन्चोक भगवती मन्दिर क्षेत्रमा पर्यटकहरुको चहलपहल बढ्न थालेको हो।
विगतका दिनहरुमा मन्दिरमा भक्तजनहरुको घुँइचो लागे पनि यो वर्षको पहिलो हिमपात भएसँगै कालिन्चोकमा गत शुक्रवार र शनिवार करिब १५ हजार आन्तरिक तथा बाह्य पर्यटकहरु कालिन्चोक आएको त्रिपुरा रिसोर्ट कुरीका सञ्चालक चन्द्र कुमार लामाले जानाकारी दिए।
उनका अनुसार हिमपात भएपछि यहाँका धेरै जसो होटलहरू भरिभराउ देखिएको छ । शुक्रबार र शनिबार सञ्चालक लामाले आफ्नो होटल प्याक भएको बताए।
लामाले भने, “हुन् त कालिन्चोक घुम्न तथा दर्शन गर्न हिमपात नै हुनुपर्छ भन्ने छैन ? बार्है महिना कालिन्चोक पर्यटकहरुको रोजाइमा पर्ने गरेको छ उनले भने”। तर राजधानी देखि एकैदिनमा मन्दिर दर्शन गरेर फर्कन सक्ने भएकाले पनि आन्तरिक तथा बाह्य पर्यटकहरुको भिड लाग्ने गर्दछ।
हिमपात सुरु भएको दिन देखि नै कालिन्चोक आउने पर्यटक बालबालिका देखि युवायुवतीहरुले हिउँको मज्जा लिँदै हर्षित भएको लामाले सुनाएँ ।
त्यस्तै चरिकोटबाट कालिन्चोक घुम्न तथा दर्शन गर्न पुगेका जिवन तामाङले शनिबार मन्दिर दर्शनका लागि भक्तालुहरुको भिडभाडले गर्दा करिब ३ घण्टा केबलकार चढ्न लाइन बस्नु परेको दुखेसो सुनाएँ । कालिन्चोकमा समयमै हिमपात नपरेपछि यहाँका होटल व्यवसायीहरु मारमा परेका थिए। समयमै हिमपात भएको भए यस क्षेत्रको होटल व्यवसाय झनै फस्टाउने गुनासो होटल सञ्चालक लामाले “हेर्दाहेर्दै मिडिया” को छोटो संवादमा बताए ।
गत मङ्गलबार दिउँसो केहि समय सम्म मात्र परेको थियो हिमपात। समयमै राम्रो हिमपात भएको भए यस क्षेत्रको होटल व्यवसाय सोचेजस्तो हुने यहाँको होटल व्यवसायीहरुको भनाई छ। ३ हजार ८ सय ४२ मिटर उचाईमा रहेको कालिञ्चोक क्षेत्रमा हिमपात भएपछि यहाँका सबै डाडाँकाडाँ तथा रुख बुट्यान हिउँले सेताम्मे हुने गर्दछ। यहाँबाट गौरीशंकर हिमाल,लामटाङ, रोल्वालिङ लगाएतका हिमश्रृङ्खलाहरु देख्न सकिन्छ।