दोलखा । नेकपा (एमाले )दोलखाको दशौँ जिल्ला अधिवेशन सरेको छ । एमाले दोलखाले अधिवेशन यहि माघ महिनाको १९ देखी २१ गते सदरमुकाम चरिकोटमा सम्मपन्न गर्ने भनेर तयारी थालेपनि अधिवेशन ३ दिन पछि सरेको हो।
एमाले दोलखाका जिल्ला अध्यक्ष नर बहादुर श्रेष्ठले आइतबार एक सुचना जारि गर्दै उक्त दिन धादिङ जिल्ला सँग मिति जुधेका कारण दोलखाको अधिवेशन ३ दिन पछि अर्थात २२ गते देखि २४ गते सम्म हुने जानकारी दिएका हुन्।
त्यस्तै जिल्लाका ९ वटै पालिकाका ७४ वटा वडामा नै प्रतिनिधि छनौटको काम जारी रहेको एमाले दोलखाले जनाएको छ ।