हेर्दाहेर्दै डेक्स, दोलखा ।
जिल्लाको शैलुङ गाउँपालिका वडा नम्बर ८ मा रहेकाे सारदा माध्यमिक विद्यालयमा आयाेजना गरिएकाे निःशुल्क माेतिबिन्दु शल्यक्रिया शिविरमा ५ सय ३० जनाकाे आँखा परिक्षण गरिएकाे छ ।
माट्रिका आँखा केन्द्र पुरानो बानेश्वर काठमाडौकाे आयाेजना फाइट फर लाइफ नेपाल काठमाडौ सहआयाेजना र शैलुङ गाउँपालीका वडा नम्बर ८ स्थानिय आयाेजकद्वारा आयाेजित शिविरमा ५८ जना आँखाका राेगिहरूकाे शल्यक्रिया गरिएको माट्रिका आँखा केन्द्रका प्रशाकिय प्रमुख कल्याण ढुङ्गानाले बताए । शिविरमा नेत्र राेग बिषेशज्ञ डाक्टर दीक्षा मल्लकाे नेतृत्वमा माेतिबिन्दुकाे अप्रेशन भएकाे फाइट फर लाईफ नेपाल काठमाडौकाे अध्यक्ष हेमा मानन्धरले बताए । मानन्धरका अनुसार शिविरमा ५० जनालाई निशुल्क चस्मा पनि वितरण गरिएकाे छ ।
चस्मासँगै ओैषधी पनि वितरण गरिएकाे थियाे । शिबिरकाे दाेलखाका बरिस्ठ समाजसेवी तथा राप्रपाका केन्द्रीय सहायक काेषाध्यक्ष साेभित उप्रेतीले पहल गरि आयाेजना गरिएकाे थियाे । शिविरबाट दाेलखाका बृद्धबृद्वालाई अत्यन्तै सहयोग पुगेकाे बताइएकाे छ ।