राजकुमार भुजेल,दोलखा।
दोलखाको गौरीशंकर गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ।
आइतबार झ्यांकु स्वास्थ्य चौकीको आयोजनामा गाउँपालिकाका ३ र ४ नम्बर वडालाई हुनेगरी विश्वव्यापी मण्डली सेवा ललितपुरद्वारा एउटा एम्बुलेन्स दिएको हो।
गाउँपालिकाका अध्यक्ष विस्वास कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पालिकाका निर्वाचित जनप्रतिनिधिहरु, बुद्धिजीबी, स्वयमसेविका, स्थानिय लगाएतको उपस्थिती रहेको थियो।