अबिरल बस्नेत` सुरज ´
दोलखा । शनिबारको अविरल वर्षापछि सडक भासिएर बन्द भएको तामाकोशी-मन्थली सडक सञ्चालनमा आएको छ । सडक मर्मतसँगै शनिबार अपरान्हदेखि सडक संचालनमा आएको हो ।
मेलुङ गाउँपालिका अध्यक्ष हिरा थोकरले सडकमर्मतपछि अपरान्ह यातायात सुचारू भएको जानकारी दिए । शनिबार बिहान मालुखोला नजिक सडक भासिएर बन्द भएको थियो । यो सडकले दोलखा र रामेछाप जोड्ने गर्छ ।