आगलागी पीडित परिवारलाई वडा कार्यालयद्वारा राहत वितरण
कालिञ्चोक–९ का गोपाल प्रसाईंको परिवारलाई चामल, तेल, दाल र नुनलगायत खाद्यान्न सहयोग।
178
SharesNews Summary
कालिञ्चोक-९ मा गोपाल प्रसाईंको घरमा आगलागी भएको छ।
वडा कार्यालयले आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ।
पीडित परिवारलाई चामल, तेल, दाल र नुनलगायतका खाद्यान्न सामग्री उपलब्ध गराइएको छ।
राहत वितरणमा इलाका प्रहरी प्रमुखसहित सामाजिक तथा राजनीतिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
दोलखा । कालिञ्चोक गाउँपालिका-९ स्थित आगलागीबाट पीडित गोपाल प्रसाईंको परिवारलाई वडा कार्यालयले राहत सामग्री वितरण गरेको छ।
गाउँपालिकाको साविक वडा नं. ५ मा रहेको प्रसाईंको घरमा आगलागी भएपछि पीडित परिवारलाई चामल, तेल, दाल, नुनलगायतका अत्यावश्यक खाद्यान्न सामग्री उपलब्ध गराइएको हो।
राहत वितरण कार्यक्रममा इलाका प्रहरी प्रमुखसहित सामाजिक तथा राजनीतिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
वडा अध्यक्ष रामप्रसाद मैनालीले विपद्का बेला पीडित परिवारलाई सहयोग गर्नु स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्दै कठिन परिस्थितिमा परिवारलाई आवश्यक सहयोग उपलब्ध गराइएको बताए।
178 Shares