Herda Herdai logo ८ मंसिर २०८३, मङ्गलवार

भर्खरै

जफेमा नेकपाको पार्टी कार्यालय उद्घाटन

तामाकोशी–३ जफेमा नेकपाको सम्पर्क तथा पार्टी कार्यालय उद्घाटन

जिल्लाका सबै स्थानीय तहमा कार्यालय स्थापना गरेर जागरण अभियान सञ्चालन गर्ने

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क ८ मंसिर २०८३, मङ्गलवार
तामाकोशी–३ जफेमा नेकपाको सम्पर्क तथा पार्टी कार्यालय उद्घाटन

News Summary


तामाकोशी-३ जफेमा नेकपाको सम्पर्क तथा पार्टी कार्यालय उद्घाटन गरिएको छ।

केन्द्रीय सदस्य प्रोण प्रताप केसी र प्रदेश सचिवालय सदस्य वासुदेव पोख्रेल ‘आकाश’ कार्यक्रममा सहभागी थिए।

नेकपाले जिल्लाका सबै स्थानीय तहमा कार्यालय स्थापना गरेर राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने योजना बनाएको छ।

दोलखा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय जागरण अभियानअन्तर्गत तामाकोशी गाउँपालिका-३ जफेमा सम्पर्क तथा पार्टी कार्यालय उद्घाटन गरेको छ।

मंगलबार पर्शुराम कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य प्रोण प्रताप केसी र प्रदेश सचिवालय सदस्य वासुदेव पोख्रेल ‘आकाश’ को विशेष आतिथ्यमा कार्यालय उद्घाटन गरिएको हो।

नेकपा जिल्ला पार्टीको बैठकबाट जारी सर्कुलरअनुसार राष्ट्रिय जागरण अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले सम्पर्क तथा पार्टी कार्यालय स्थापना गरिएको जनाइएको छ।

नेकपाले दोलखाका सबै स्थानीय तहमा सम्पर्क तथा पार्टी कार्यालय उद्घाटन गरी राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने योजना बनाएको छ। सोही योजनाअनुसार जिल्लाका विभिन्न स्थानीय तहमा कार्यालय स्थापना गर्ने अभियान अघि बढाइएको हो।

44 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट