Herda Herdai logo १० मंसिर २०८३, बिहिवार

भर्खरै

सिङ्गटीमा नेकपाको संयुक्त सम्पर्क कार्यालय स्थापना

सिङ्गटीमा नेकपाको दुई पालिकास्तरीय संयुक्त सम्पर्क कार्यालय स्थापना

राष्ट्रिय जागरण अभियानअन्तर्गत गौरीशंकर र बिगुका लागि एउटै कार्यालय

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क १० मंसिर २०८३, बिहिवार
सिङ्गटीमा नेकपाको दुई पालिकास्तरीय संयुक्त सम्पर्क कार्यालय स्थापना

News Summary


नेकपाले गौरीशंकर र बिगु गाउँपालिकाका लागि संयुक्त सम्पर्क कार्यालय स्थापना गरेको छ।

बिहीबार सिङ्गटी बजारमा दुई पालिकालाई समेटेर कार्यालय स्थापना गरिएको हो।

राष्ट्रिय जागरण अभियानलाई जिल्लाका सबै स्थानीय तहमा विस्तार गर्ने नेकपाको योजना छ।

दोलखा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय जागरण अभियानअन्तर्गत दोलखाको गौरीशंकर र बिगु गाउँपालिकाका लागि संयुक्त सम्पर्क कार्यालय स्थापना गरेको छ।

बिहीबार सिङ्गटी बजारमा दुवै गाउँपालिकालाई समेटेर संयुक्त सम्पर्क तथा पार्टी कार्यालय स्थापना गरिएको हो।

नेकपा जिल्ला पार्टीको बैठकबाट जारी सर्कुलरअनुसार जिल्लाका सबै स्थानीय तहमा सम्पर्क तथा पार्टी कार्यालय स्थापना गरी राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने योजना रहेको छ। सोही योजनाअनुसार गौरीशंकर र बिगु गाउँपालिकाका लागि संयुक्त कार्यालय स्थापना गरिएको हो।

पार्टीले जिल्लाका सबै स्थानीय तहमा कार्यालय स्थापना गर्दै राष्ट्रिय जागरण अभियानलाई जिल्लाभर विस्तार गर्ने लक्ष्य लिएको छ।

488 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट