Herda Herdai logo ८ कार्तिक २०८३, आइतवार

भर्खरै

फेरी बढ्यो सुनचाँदीको मूल्य

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २५ भदौ २०८३, बिहिवार
फेरी बढ्यो सुनचाँदीको मूल्य

आज  सुनको मूल्यमा ठूलो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ।

आज बजारमा सुन प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँमा सीमित थियो। एकै दिनमा सुनको मूल्य प्रतितोला ३ हजार ४०० रुपैयाँले बढेको महासंघले जनाएको छ।

सुनसँगै आज चाँदीको मूल्य पनि बढेको छ। गत कारोबार दिन प्रतितोला ४ हजार ७५० रुपैयाँमा कारोबार भएको चाँदी आज १०५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ। अन्तराष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा बहुमूल्य धातुको मूल्य बढ्दै गएको छ।

272 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट