Herda Herdai logo २८ कार्तिक २०८३, शनिवार

भर्खरै

दोलखाका स्थानीयलाई आईपीओ भर्ने म्याद थप

हिम पर्वत हाइड्रोपावरको आईपीओ भर्ने समय थपियो, दोलखाका स्थानीयलाई मंसिर १० सम्म मौका

हिम पर्वत हाइड्रोपावरको आईपीओमा मंसिर १० सम्म आवेदन दिन सकिने।

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २७ कार्तिक २०८३, शुक्रवार
हिम पर्वत हाइड्रोपावरको आईपीओ भर्ने समय थपियो, दोलखाका स्थानीयलाई मंसिर १० सम्म मौका

News Summary


हिम पर्वत हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय मंसिर १० गतेसम्म थप गरिएको छ।

आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १६ लाख ९० हजार कित्ता सेयर निष्कासन गरिएको छ।

बिगु र कालिञ्चोकका अति प्रभावित क्षेत्रका स्थानीयलाई १० लाख १४ हजार कित्ता सेयर छुट्याइएको छ।

स्थानीय बासिन्दाले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

दोलखा । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने समय बढाएको छ। अब स्थानीयले आगामी मंसिर १० गतेसम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले गत कात्तिक ११ गतेदेखि आईपीओ बिक्री खुला गरेको थियो। तोकिएको समयभित्र मागअनुसार आवेदन नपरेपछि आवेदन अवधि थप गरिएको हो। यद्यपि, मागभन्दा बढी आवेदन परेमा मंसिर १० अगावै पनि निष्कासन बन्द हुन सक्ने कम्पनीले स्पष्ट पारेको छ।

कम्पनीले स्थानीयका लागि छुट्याएको १६ लाख ९० हजार कित्ता सेयरमध्ये १० लाख १४ हजार कित्ता अति प्रभावित क्षेत्रका बासिन्दालाई उपलब्ध गराउनेछ। यसमा बिगु गाउँपालिकाका वडा नम्बर ५, ६, ७ र ८ तथा कालिञ्चोक गाउँपालिकाका वडा नम्बर २, ३ र ४ का स्थायी बासिन्दा समेटिएका छन्।

त्यस्तै, बाँकी ६ लाख ७६ हजार कित्ता दुवै गाउँपालिकाका अन्य वडाका स्थानीयका लागि छुट्याइएको छ।

आईपीओमा स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

170 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट