जनसचेतन सहकारीको ३३औँ वार्षिक साधारण सभा सम्पन्न
२६ प्रतिनिधिको सहभागितामा सभा सम्पन्न, आगामी वर्षका नीति तथा कार्यक्रम पारित
124
SharesNews Summary
जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको ३३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
पाँच एकाइबाट छनोट भएका २६ जना प्रतिनिधिको सहभागितामा सभा आयोजना गरिएको थियो।
सभाले आर्थिक वर्ष २०८२/८३ का गतिविधिलाई अनुमोदन गरेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ का नीति तथा कार्यक्रम पारित गर्दै लक्ष्य निर्धारण गरिएको छ।
वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो।
दोलखा । जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। वैतेश्वर गाउँपालिका-५, मैनापोखरीस्थित संस्थाको मुख्य कार्यालयमा बिहीबार एकाइ प्रतिनिधिहरूको सभा सम्पन्न भएको हो।
असोज २० गतेदेखि २७ गतेसम्म विभिन्न पाँच एकाइमा सञ्चालन गरिएका सभाबाट छनोट भएका २६ जना प्रतिनिधिको सहभागितामा सभा सम्पन्न भएको संस्थाले जनाएको छ।
वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा गाउँपालिका-५ का वडाध्यक्ष भुवन घिमिरे र जिल्ला सहकारी संघ दोलखाका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद दाहाल अतिथिका रूपमा सहभागी थिए।
सभाले आर्थिक वर्ष २०८२/८३ मा संस्थाले गरेका गतिविधिलाई अनुमोदन गर्दै आर्थिक वर्ष २०८३/८४ का लागि विभिन्न नीति तथा कार्यक्रम पारित गरेको छ। साथै, आगामी आर्थिक वर्षका लागि लक्ष्यसमेत निर्धारण गरिएको छ।
124 Shares