सुनको मूल्य एकैदिन तोलामा १२ हजार ६०० रुपैयाँले घट्यो
सुन तोलामा १२ हजार ६०० र चाँदी १५५ रुपैयाँले घट्यो।
210
SharesNews Summary
नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँले घटेको छ।
छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्य प्रतितोला १५५ रुपैयाँले घटेर ३ हजार ७०० रुपैयाँ कायम भएको छ।
गत २३ कात्तिकको तुलनामा सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ।
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५५ रुपैयाँले घटेर ३ हजार ७०० रुपैयाँ कायम भएको छ।
यसअघि गत २३ कात्तिकमा छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँ र चाँदी ३ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो।
210 Shares