Herda Herdai logo १ असोज २०८३, बिहिवार

भर्खरै

करदाता प्रोत्साहन उपहारको नतिजा आज घोषणा हुँदै, कति जनाले पाउनेछन् नगद पुरस्कार?

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क १ असोज २०८३, बिहिवार
करदाता प्रोत्साहन उपहारको नतिजा आज घोषणा हुँदै, कति जनाले पाउनेछन् नगद पुरस्कार?

काठमाडौं । चालू आर्थिक वर्ष २०८३/०८४ देखि नेपाल सरकार, अर्थ मन्त्रालयले  सुरु गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत भदौ महिनाको नतिजा आज सार्वजनिक गरिने भएको छ।

सरकारले सर्वसाधारणलाई उपभोक्ताको रूपमा सामान वा सेवा खरिद गर्दा अनिवार्य रूपमा बीजक (बिल) लिने बानीको विकास गराउने उद्देश्यले चालू आर्थिक वर्षदेखि प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको छ।

भदौ महिनाभरका कुल ३३ जना भाग्यशाली विजेताहरूको नाम आज घोषणा गर्न लागिएको हो । भदौ महिनाका विजेता ३१ जनाले जनही एक लाख रुपैयाँ र बम्पर उपहार विजेता २ जनाले १० लाख रुपैयाँ पाउने भएका छन् ।

यसअघि भदौ १६ गतेका लागि तय गरिएको उपहार घोषणा कार्यक्रम भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण स्थगित भएको थियो। स्थगित भएको सोही कार्यक्रम आज आयोजना गर्न लागिएको हो। विभागको कार्यालय लाजिम्पाटस्थित सभाहलमा आयोजना गरिने विशेष कार्यक्रममार्फत नतिजा सार्वजनिक गरिनेछ।

 

116 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट