११ माघ २०८२, आइतवार

भर्खरै

जिल्ला सहकारी संघ दोलखाले २० औँ वार्षिक सभा सम्पन्न

जिल्ला सहकारी संघ दोलखाको २० औँ वार्षिक साधारण सभा सम्पन्न

सहकारी संस्था, कर्मचारी र पत्रकारलाई विविध विधामा सम्मान

हेर्दाहेर्दै डेस्क १९ पुष २०८२, शनिवार
जिल्ला सहकारी संघ दोलखाको २० औँ वार्षिक साधारण सभा सम्पन्न

News Summary


  • दोलखा जिल्ला सहकारी संघ लि.ले बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरतबहादुर केसीको प्रमुख आतिथ्यमा आफ्नो २० औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
  • सो अवसरमा विभिन्न विधामा उत्कृष्ट सहकारी संस्था, पूर्व सञ्चालक, सहकारी अभियन्ता, कर्मचारी र पत्रकारलाई सम्मान गरिएको छ।

दोलखा ।  जिल्ला सहकारी संघ दोलखाले आफ्नो २० औँ वार्षिक साधारण सभा आज (शनिबार) सम्पन्न गरेको छ। संघका अध्यक्ष देवीप्रसाद शर्मा फुयालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरतबहादुर केसी प्रमुख अतिथि थिए।

सभामा संघकी महिला उपाध्यक्ष सरूणा बस्नेतले स्वागत मन्तव्य दिइन् भने वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद दहालले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरे। लेखा सुपरिवेक्षण समितिका संयोजक पुष्करकुमार दहालले लेखा प्रतिवेदन पेश गरेका थिए।

संघले विभिन्न विधामा सहकारी संस्था र व्यक्तिहरूलाई सम्मानित गरेको छ। नियमित बचत कारोबारतर्फ जनचेतना साकोस, वैतेश्वर–५ सम्मानित भएको छ। उद्यम तथा व्यवसायतर्फ भिमेश्वर बहुउद्देश्यीय सहकारी संस्था, तामाकोसी–१ पुरस्कृत भएको छ। पूर्व सञ्चालक रूपा भुजेल र सहकारी अभियन्ता जगत सुवेदीलाई पनि सम्मान प्रदान गरिएको छ।

कार्यक्रममा व्यवस्थापक, कर्मचारी र पत्रकारलाई पनि सम्मान गरिएको छ। व्यवस्थापकतर्फ भेषबहादुर मिजार, पुरुष कर्मचारीतर्फ रामबहादुर खत्री, महिला कर्मचारीतर्फ मल्लिका घिमिरे न्यौपाने, र पत्रकारतर्फ बाबुराम शर्मालाई सम्मान दिइएको छ।

कार्यक्रममा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य धुर्व आचार्य, दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भूमिराज खड्का, दोलखा चेम्बर अफ कमर्सका अध्यक्ष रुद्रजंग बुढाथोकी, जिल्ला कृषि संघका अध्यक्ष माधवप्रसाद घिमिरे, र कोसिस सफ्टवेयरका प्रबन्ध निर्देशक पायोनियर खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। सभाको सञ्चालन संघका महासचिव दिलबहादुर केसीले गरेका थिए।

242 Shares

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट