११ माघ २०८२, आइतवार

भर्खरै

सहकार्य र विकासमा जोड: दोलखामा चेम्बर अफ कमर्सको सभा सम्पन्न

दोलखामा चेम्बर अफ कमर्सको सातौँ वार्षिक साधारण सभा सम्पन्न

दोलखामा चेम्बर अफ कमर्सको साधारण सभा, व्यवसायी र पत्रकार सम्मानित

हेर्दाहेर्दै डेस्क २६ पुष २०८२, शनिवार
दोलखामा चेम्बर अफ कमर्सको सातौँ वार्षिक साधारण सभा सम्पन्न

News Summary


  • दोलखा चेम्बर अफ कमर्सको सातौँ साधारण सभामा स्थानीय सरकार र निजी क्षेत्रबीचको सहकार्य तथा आयआर्जन र रोजगारी सिर्जनामा जोड दिइएको थियो ।
  • कार्यक्रममा पत्रकार जीवन लामा तथा सफल व्यवसायी अनिता खड्का र इन्द्रमान पाख्रीनलाई सम्मान गरियो।

दोलखा। दोलखा चेम्बर अफ कमर्सको सातौँ वार्षिक साधारण सभा शनिबार सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ। सभाको उद्घाटन भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरले गरेका थिए।

सभालाई सम्बोधन गर्दै नगरप्रमुख मानन्धरले निजी क्षेत्र र स्थानीय सरकारबीचको सहकार्य आवश्यक रहेको बताए। उनले व्यवसायीहरूलाई ठोस योजना लिएर आउन आग्रह गर्दै, नगरपालिकाले आवश्यक सहयोग गर्न तयार रहेको पनि बताए।

“हामीले भौतिक पूर्वाधारमा उल्लेखनीय प्रगति गरिसकेका छौँ, अब हाम्रो ध्यान आयआर्जन र रोजगारी सिर्जनामा केन्द्रित हुनुपर्छ,” उनले भने।

कार्यक्रममा उपप्रमुख कमला बस्नेतले दोलखालाई पर्यटकमैत्री जिल्ला बनाउने योजनाबारे जानकारी दिइन्।

चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य विष्णु श्रेष्ठले व्यवसायीको हकहितको संरक्षणमा संस्थाको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए।

साधारण सभाको अवसरमा पत्रकार जीवन लामालाई जिल्लाको विकासमा योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको थियो। यसैगरी, व्यवसायिक क्षेत्रमा सफल व्यवसायी अनिता खड्का र इन्द्रमान पाख्रीनलाई पनि सम्मान गरियो।

सभामा सचिव कृष्ण नेपालीले साङ्गठनिक र कोषाध्यक्ष भरत बस्नेतले आर्थिक प्रतिवेदन पेश गरेका थिए।

नेपाल पत्रकार महासंघ दोलखा सचिव सुजन काफ्ले, पर्यटन विकास संघका अध्यक्ष कुमार श्रेष्ठ, चेम्बरका वरिष्ठ उपाध्यक्ष पुरुषोत्तम ठकुरी र दोलखा उद्योग वाणिज्य संघका सदस्य रामशरण बस्नेतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा महासचिव रामकृष्ण श्रेष्ठले सञ्चालन गरेका थिए।

167 Shares

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट