कालिञ्चोकमा आगलागी हुँदा घर र पसलका सामान जलेर नष्ट
स्थानीयवासीको प्रयासमा डेढ घण्टापछि आगो नियन्त्रणमा
135
SharesNews Summary
दोलखाको कालिञ्चोक गाउँपालिका-९ स्थित खड्का टोलमा बिहीबार दिउँसो आगलागी भएको छ।
दिउँसो करिब २:३० बजे विद्युत् सर्टका कारण लागेको आगो ४ बजे नियन्त्रणमा आएको छ।
आगलागीबाट गोपाल प्रसाईंको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
घरमा रहेको अन्नपात, खुद्रा पसलका सामान र नगद ३० हजार रुपैयाँ जलेर नष्ट भएको छ।
स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ।
दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका-९ स्थित खड्का टोलमा आगलागी हुँदा गोपाल प्रसाईंको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
बिहीबार दिउँसो करिब २:३० बजे विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक जानकारी छ। स्थानीयवासीको सक्रियतामा आगो निभाउने प्रयास गरिएको थियो। करिब ४ बजे आगलागी नियन्त्रणमा आएको थियो।
आगलागीबाट घर पूर्ण रूपमा नष्ट भएको छ। घरमा राखिएको अन्नपात, खुद्रा पसलका सामान र नगद ३० हजार रुपैयाँसमेत जलेर नष्ट भएको छ।
आगलागीबाट भएको कुल आर्थिक क्षतिको विवरण आउन बाँकी छ।
135 Shares