Herda Herdai logo २० कार्तिक २०८३, शुक्रवार

भर्खरै

रास्वपा दोलखाको चियापानमा विभिन्न दलका प्रतिनिधि सहभागी

रास्वपा दोलखाको चियापानमा सांसद जगदीश खरेलसहित विभिन्न दलका प्रतिनिधि सहभागी

नयाँ पार्टी कार्यालय सञ्चालनको अवसरमा भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम।

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २० कार्तिक २०८३, शुक्रवार
रास्वपा दोलखाको चियापानमा सांसद जगदीश खरेलसहित विभिन्न दलका प्रतिनिधि सहभागी

News Summary


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाले चरिकोटको सातदोबाटोमा नयाँ पार्टी कार्यालय सञ्चालनमा ल्याएको छ।

कार्यालय सञ्चालनको अवसरमा भेटघाट, चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा सांसद जगदीश खरेलसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि तथा सञ्चारकर्मी सहभागी भएका थिए।

सहभागीहरूले चाडपर्वको शुभकामना आदानप्रदान गर्दै आपसी सद्भाव र सहकार्यको अपेक्षा व्यक्त गरेका थिए।

दोलखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा जिल्लाका विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि र सञ्चारकर्मी सहभागी भएका छन्।

सदरमुकाम चरिकोटको सातदोबाटोस्थित रास्वपाको नयाँ पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिहरूको उपस्थिति थियो।

रास्वपा दोलखाका सचिव रमेशकुमार श्रेष्ठले नयाँ कार्यालय सञ्चालनमा आएको अवसरमा आगन्तुकलाई स्वागत गर्न र चाडपर्वको शुभकामना आदानप्रदान गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले यस्तो भेटघाटले राजनीतिक दल तथा सरोकारवालाबीच आपसी सम्बन्ध र सद्भाव बढाउने अपेक्षा गरिएको जानकारी दिनुभयो।

जिल्ला सभापति दिनेश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं दोलखाका सांसद जगदीश खरेल प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा नेपाली कांग्रेसका रञ्जित पाठक, नेपाली कम्युनिस्ट पार्टीका भीमबहादुर श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका केशव काफ्ले, भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वरनारायण मानन्धर र नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेलले शुभकामना मन्तव्य राख्नुभएको थियो।

234 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट