Herda Herdai logo ३० असोज २०८३, शुक्रवार

भर्खरै

प्रहरीलाई सहयोग गर्ने स्थानीय पनि सम्मानित

७१औँ प्रहरी दिवसमा नेपाल पत्रकार महासंघ दोलखा शाखा सम्मानित

प्रहरी दिवसमा पत्रकार महासंघ दोलखा शाखासहित विभिन्न व्यक्ति सम्मानित

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क ३० असोज २०८३, शुक्रवार
७१औँ प्रहरी दिवसमा नेपाल पत्रकार महासंघ दोलखा शाखा सम्मानित

News Summary


जिल्ला प्रहरी कार्यालय दोलखाले ७१औँ प्रहरी दिवसका अवसरमा विशेष समारोह आयोजना गरेको छ।

प्रहरीका गतिविधिको प्रचारप्रसार र सूचना आदानप्रदानमा सहयोग गरेको भन्दै नेपाल पत्रकार महासंघ दोलखा शाखालाई सम्मान गरिएको छ।

कार्यक्रममा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार प्रदान गरिएको छ।

समुदाय–प्रहरी साझेदारीअन्तर्गत प्रहरीलाई सहयोग गर्ने स्थानीय व्यक्तिहरूलाई सम्मानपत्र प्रदान गरिएको छ।

प्रमुख जिल्ला अधिकारी रेखा कँडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ।

चरिकोट, दोलखा । ७१औँ प्रहरी दिवसको अवसरमा नेपाल पत्रकार महासंघ दोलखा शाखा सम्मानित भएको छ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय दोलखाको प्राङ्गणमा आयोजित कार्यक्रममा प्रहरीका गतिविधिको प्रचारप्रसार गर्न र आवश्यक सूचना आदानप्रदानमा सहयोग गरेको भन्दै महासंघ दोलखा शाखालाई सम्मानपत्र प्रदान गरिएको हो।

दोलखाका प्रमुख जिल्ला अधिकारी रेखा कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी तथा प्रहरीलाई सहयोग गर्ने स्थानीय व्यक्तिहरूलाई पनि सम्मान गरिएको थियो।

‘विपद्मा सारथी, सङ्कटमा छहारी: प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा अमर प्रहरी स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै अमर प्रहरीका परिवारजनलाई समेत सम्मान गरिएको थियो।

कार्यक्रममा प्रहरी महानिरीक्षकको शुभकामना सन्देश प्रहरी निरीक्षक सन्तोषकुमार खड्काले वाचन गरेका थिए। प्रमुख जिल्ला अधिकारी कँडेलले शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन् भने जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोजकुमार लामाले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए।

162 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट