Herda Herdai logo ८ कार्तिक २०८३, आइतवार

भर्खरै

जुगलको विकासका लागि मन्त्री पौडेलको प्रतिबद्धता

जुगलको विकासका लागि मन्त्री पौडेलको प्रतिबद्धता, सडक र खानेपानीका योजना अघि बढाइने

पक्की पुल, खानेपानी र सडक स्तरोन्नतिका योजना अघि बढाउने विषयमा छलफल

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क ८ कार्तिक २०८३, आइतवार
जुगलको विकासका लागि मन्त्री पौडेलको प्रतिबद्धता, सडक र खानेपानीका योजना अघि बढाइने

News Summary


मन्त्री सरल सहयात्री पौडेलले जुगलको शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार विकासमा पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

याम्बालिङ खोला पक्की पुलको डीपीआर तयार गर्ने विषयमा छलफल भएको छ।

सेवा खोला–गुम्बा खानेपानी योजनालाई बहुवर्षीय ठेक्कामार्फत अघि बढाउने विषय उठेको छ।

कात्तिके–गुम्बा सडक स्तरोन्नति र अम्बाखर्क–तेम्बाथाङ सडकको ट्र्याक खोल्न बजेट व्यवस्थापनबारे छलफल भएको छ।

सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेलले जुगल गाउँपालिकाको शिक्षा, स्वास्थ्य, पर्यटन तथा पूर्वाधार विकासका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बो, पर्यटन अभियन्ता मिलन तामाङ तथा गुम्बा गाउँस्थित ल्हालुङ्पाल होमस्टेका सञ्चालक सदस्यहरूसँगको भेटघाट तथा छलफलका क्रममा मन्त्री पौडेलले स्थानीय आवश्यकता र जनअपेक्षाअनुसार विकासका काम अघि बढाउने बताएका हुन्।

छलफलमा याम्बालिङ खोला पक्की पुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने तथा सेवा खोला–गुम्बा खानेपानी योजनालाई बहुवर्षीय ठेक्कामार्फत अघि बढाउने विषयमा छलफल भएको छ।

त्यसैगरी, आगामी आर्थिक वर्षमा कात्तिके–गुम्बा मोटरबाटो स्तरोन्नति तथा अम्बाखर्क–तेम्बाथाङ मोटरबाटोको ट्र्याक खोल्न आवश्यक बजेट व्यवस्थापन गर्ने विषय पनि छलफलमा उठेको छ।

जुगल क्षेत्रको सडक, खानेपानीलगायत आधारभूत पूर्वाधारको विकाससँगै पर्यटन प्रवर्द्धन गरी स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।

मन्त्री पौडेलले निर्वाचनका क्रममा जनतासमक्ष गरेका प्रतिबद्धता पूरा गर्न सम्बन्धित निकायसँग आवश्यक पहल र समन्वय गर्दै अघि बढ्ने बताएका छन्।

173 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट