पाता फर्काएर होस् कि गाला पड्काएर’, कांग्रेस एक बनाएरै छाड्छु : तारा कोइराला
स्थानीय चुनावसम्म दोलखामा कांग्रेस एक बनाएरै छाड्ने प्रतिबद्धता।
247
SharesNews Summary
तारा बहादुर कोइरालाले दोलखामा नेपाली कांग्रेसलाई एकताबद्ध बनाउने बताएका छन्।
उनले आगामी स्थानीय तहको निर्वाचनसम्म पार्टीलाई एक बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘पाता फर्काएर होस् कि गाला पड्काएर होस्’ भन्दै उनले पार्टी एकताका लागि दृढ भएर लाग्ने बताएका छन्।
कोइरालाले पार्टीभित्रको एकतालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्।
दोलखा । नेपाली कांग्रेस दोलखाका पूर्वसभापति तारा बहादुर कोइरालाले आगामी स्थानीय तहको निर्वाचनसम्म जिल्लामा पार्टीलाई एकताबद्ध बनाएरै छाड्ने बताएका छन्।
नेपाली कांग्रेसको देउवा पक्षको १५औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले पार्टीभित्रको एकताका लागि आफू जस्तोसुकै चुनौती सामना गर्न तयार रहेको बताएका हुन्।
उनले ‘पाता फर्काएर होस् कि गाला पड्काएर होस्, स्थानीय चुनावसम्म दोलखामा कांग्रेस एक बनाएरै छाड्छु’ भन्दै पार्टीलाई एकताबद्ध बनाउने प्रतिबद्धता व्यक्त गरे।
कोइरालाको यो अभिव्यक्तिले कांग्रेसभित्रको आन्तरिक एकताको विषयलाई अधिवेशनमा थप चर्चामा ल्याएको छ।
247 Shares