Herda Herdai logo ५ मंसिर २०८३, शनिवार

भर्खरै

६ वटा सामुदायिक वनको सयौं रोपनी कब्जा गरेको कालिन्चोक गाई फर्ममा कसको कति सेयर ?

वनका कर्मचारी रामकृष्ण केसीकै नाममा भेटियो सेयर

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क ४ मंसिर २०८३, शुक्रवार
६ वटा सामुदायिक वनको सयौं रोपनी कब्जा गरेको कालिन्चोक गाई फर्ममा कसको कति सेयर ?

दोलखा जिल्लाको भीमेश्वर नगरपालिका क्षेत्रमा रहेको कालिन्चोक काउ फार्म एन्ड रिसर्च सेन्टर प्रा.लि. पशुपालन, दुग्ध उत्पादन तथा कृषि व्यवसायलाई व्यावसायिक रूपमा विस्तार गर्ने उद्देश्यसहित स्थापना गरिएको कम्पनी हो। गाईपालन, दूध उत्पादन, पशु आहारका लागि घाँस खेती तथा पशुपालनसम्बन्धी गतिविधिलाई कम्पनीको मुख्य कार्यक्षेत्र बनाइएको छ। दक्षिण एसियाकै ठूलो गाई फार्म सञ्चालन गर्ने लक्ष्यसहित अघि बढाइएको परियोजना सामुदायिक वन उपयोग सम्झौता र निजी शेयर लगानीको संरचनासँग जोडिएको छ।

२०६६ माघ १४ गते तत्कालीन बोच र लाकुरीडाँडा गाविसअन्तर्गत हाल भीमेश्वर नगरपालिका–८ र ९ का ६ वटा सामुदायिक वनसँग कालिन्चोक काउ फार्म तथा रिसर्च सेन्टरले पशुपालन र घाँस व्यवस्थापनका लागि सम्झौता गरेको थियो। गाई फार्म सञ्चालनका लागि आवश्यक घाँस उत्पादन तथा व्यवस्थापन गर्ने उद्देश्यसहित वन क्षेत्र उपयोग गर्ने अवधारणा अघि सारिएको थियो।

सम्झौतामा सामुदायिक वनको वन पैदावार तथा प्राकृतिक स्रोतको अधिकार पहिलो पक्ष अर्थात् सामुदायिक वनमै रहने, वन क्षेत्रको उपयोग सम्झौतामा तोकिएको प्रयोजनअनुसार मात्रै गर्नुपर्ने, वन संरक्षण तथा व्यवस्थापनमा सामुदायिक वनको भूमिका कायम रहने र वन क्षेत्रलाई अन्य प्रयोजनमा प्रयोग गर्न नपाउनेजस्ता सर्त उल्लेख छन्। पशुपालनका लागि घाँस व्यवस्थापन, पशु आहार उत्पादन तथा वन संरक्षणसँग सम्बन्धित गतिविधि सञ्चालन गर्ने व्यवस्था सम्झौतामा गरिएको छ।

सम्झौताअनुसार वन क्षेत्रको व्यवस्थापन गर्दा प्राकृतिक रूपमा रहेका घाँस, वन पैदावार तथा वनको संरक्षणलाई ध्यान दिनुपर्ने र वन क्षेत्रको उपयोगमा सामुदायिक वनको अधिकार सुरक्षित रहने उल्लेख छ। फार्मले पशुपालनसम्बन्धी सेवा, पशु स्वास्थ्य सेवा तथा स्थानीय समुदायलाई रोजगारी र कृषि गतिविधिमा प्राथमिकता दिने विषयसमेत सम्झौतामा समेटेको छ।

तर, फार्मका नाममा सामुदायिक वन क्षेत्र कब्जा गरी ठूलो परिमाणमा वन फँडानी भएको आरोप सार्वजनिक भएको थियो। स्थानीयका अनुसार गाई फार्म सञ्चालन नगरी लामो समय वन क्षेत्रमा कब्जा जमाइएको र भीमेश्वर नगरपालिका–८ का विभिन्न सामुदायिक वनमा ठिंग्रे सल्लासहितका रूख कटान भएको थियो। फार्मका नाममा करिब १५ सय रोपनी वन क्षेत्र फँडानी भएको तथा ५० हजार क्यूफिटभन्दा बढी काठ कटान भएको प्रारम्भिक अनुमान सार्वजनिक भएको थियो। यी विवरण प्रारम्भिक अनुमान तथा आरोपका रूपमा सार्वजनिक भएका हुन्।

डिभिजन वन कार्यालय दोलखाको विवरणअनुसार बोचको गाई फार्मको अतिक्रमणबाहेक जिल्लामा ४४.८४ हेक्टर वन क्षेत्र अतिक्रमण भएको उल्लेख छ। यसमध्ये संस्थागत रूपमा ३९.२६ हेक्टर र निजी क्षेत्रबाट ५.५८ हेक्टर अतिक्रमण भएको जनाइएको छ। 

कालिन्चोक काउ फार्म एन्ड रिसर्च सेन्टरका अध्यक्ष रामकुमार खड्का हुन्। फार्मको व्यवस्थापन उनका छोरा प्रविन खड्काले गर्दै आएको बताइएको छ। कम्पनीको शेयर लगतमा खड्का परिवारसहित विभिन्न व्यक्तिको लगानी रहेको देखिन्छ।

उपलब्ध शेयर लगतअनुसार प्रविन खड्काको नाममा १ लाख २० हजार ९ कित्ता शेयर रहेको छ। त्यस्तै, रामकुमार खड्काको नाममा १ लाख ४ हजार ६ सय ७० कित्ता र प्रमिला खड्काको नाममा ८० हजार ७ सय ४८ कित्ता शेयर रहेको उल्लेख छ। यी तीन जनाको शेयर संख्या जोड्दा ३ लाख ५ हजार ४ सय २७ कित्ता पुग्छ।

कम्पनीको शेयर लगतमा प्रदीप शिवाकोटीको नाममा ३५ हजार २ सय १२ कित्ता, दिवंगत एमाले नेता पशुपति चौलागाईंका छोरा सुमन शर्मा चौलागाईंको नाममा २५ हजार ७ कित्ता, व्यवसायी पृथ्वी श्रेष्ठको नाममा १२ हजार कित्ता र रामकृष्ण केसीको नाममा ७ हजार कित्ता शेयर रहेको देखिन्छ। रामकृष्ण केसी सम्झौता हुँदाको समयमा जिल्ला वन कार्यालय दोलखाका कर्मचारी रहेको बताइएको छ।

उल्लेखित सात शेयरधनीको कुल शेयर संख्या ३ लाख ८४ हजार ६ सय ४६ कित्ता रहेको छ। उपलब्ध लगतमा शेयर लगानीको ठूलो हिस्सा निजी व्यक्तिहरूमा केन्द्रित देखिए पनि वन क्षेत्र उपलब्ध गराउने सामुदायिक वन उपभोक्ता समूहको नाममा उल्लेख्य शेयर हिस्सा देखिँदैन। सामुदायिक वनसँग वन क्षेत्र उपयोग गर्ने सम्झौता गरिएको परियोजनामा स्थानीय वन उपभोक्ता समूहको आर्थिक सहभागिता र कम्पनीको शेयर संरचना भने फरक देखिएको छ।

कसको कति सेयर : 

वनसंग गरिएको सम्झौतामा के छ ? 

816 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट