Herda Herdai logo २९ कार्तिक २०८३, आइतवार

भर्खरै

राजीनामाबारे काफ्लेले मागे माफी

प्रदेश सांसदबाट राजीनामा दिएकोमा माफी माग्छु : कुन्दनराज काफ्ले

आगामी दिनमा सल्लाह गरेर मात्रै निर्णय लिने प्रतिबद्धता।

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २८ कार्तिक २०८३, शनिवार
प्रदेश सांसदबाट राजीनामा दिएकोमा माफी माग्छु : कुन्दनराज काफ्ले

News Summary


कुन्दनराज काफ्लेले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको विषयमा माफी मागेका छन्।

नेपाली कांग्रेसको देउवा पक्षको १५औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले आफ्नो निर्णयप्रति क्षमा मागेका हुन्।

आगामी दिनमा महत्त्वपूर्ण निर्णय लिनुअघि सल्लाह र छलफल गर्ने प्रतिबद्धता जनाएका छन्।

अब कुनै पनि निर्णय एक्लै नगर्ने उनले बताएका छन्।

दोलखा । नेपाली कांग्रेसको देउवा पक्षको १५औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै बागमती प्रदेशका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको विषयमा माफी मागेका छन्।

सम्बोधनका क्रममा काफ्लेले प्रदेशसभा सदस्यबाट राजीनामा दिने आफ्नो निर्णयप्रति क्षमा माग्दै आगामी दिनमा कुनै पनि महत्त्वपूर्ण निर्णय लिनुअघि सम्बन्धित पक्षसँग सल्लाह र छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले अबदेखि कुनै पनि निर्णय एक्लै नगर्ने र सल्लाह गरेर मात्रै अघि बढ्ने बताएका छन्।

242 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट