Herda Herdai logo ५ असोज २०८३, सोमवार

भर्खरै

विशेष प्रशिक्षण

नेकपा दोलखाले गर्‍यो विशेष प्रशिक्षण

वैचारिक, राजनीतिक र संगठनात्मक विषयमा प्रशिक्षण

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क ५ असोज २०८३, सोमवार
नेकपा दोलखाले गर्‍यो विशेष प्रशिक्षण

News Summary


  • पार्टीको वैचारिक, राजनीतिक तथा संगठनात्मक क्षमतामा सुधार ल्याउन दोलखा नेकपा जिल्ला समितिको स्कुल विभागले विशेष प्रशिक्षण कार्यक्रम आयोजना गर्‍यो।
  • नारायणकाजी श्रेष्ठ, बेदुराम भुसाल र वर्षमान पुनले प्रशिक्षण दिए, जसले सदस्यहरूलाई समसामयिक राजनीति, वैज्ञानिक समाजवाद र संगठनात्मक संरचना बुझ्न सहयोग पुर्‍यायो।

दोलखा। नेपाली कम्युनिस्ट पार्टी जिल्ला समिति दोलखाको स्कुल विभागले जिल्लास्तरीय विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ।

चरिकोटस्थित सातदोबाटोको दरबार पार्टी प्यालेसमा आयोजित कार्यक्रममा पार्टीको वैचारिक, राजनीतिक तथा संगठनात्मक विषयमा प्रशिक्षण दिइएको थियो।

कार्यक्रममा नारायणकाजी श्रेष्ठले समसामयिक राजनीति र अबको कार्यदिशा, बेदुराम भुसालले नेपाली विशेषताको वैज्ञानिक समाजवाद तथा वर्षमान पुनले संगठनात्मक संरचना र कार्यप्रणालीबारे प्रशिक्षण दिएका थिए।

कार्यक्रममा नेकपा दोलखाका इन्चार्ज विशाल खड्का र बागमती प्रदेशका अर्थमन्त्री सरल सहयात्रीले पनि मन्तव्य राखेका थिए।

कार्यक्रमको अध्यक्षता होम पाठकले गरेका थिए। कार्यक्रममा दोलखाका पार्टी नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

143 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट