Herda Herdai logo १३ कार्तिक २०८३, शुक्रवार

भर्खरै

पत्रकार पक्राउप्रति रिजालको आपत्ति, तत्काल रिहाइको माग।

पत्रकारमाथि प्रहरी धरपकडप्रति राष्ट्रिय सभा सदस्य रिजालको आपत्ति

राष्ट्रिय सभा सदस्य घनश्याम रिजालद्वारा पत्रकारमाथि प्रहरी धरपकडको विरोध।

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क १३ कार्तिक २०८३, शुक्रवार
पत्रकारमाथि प्रहरी धरपकडप्रति राष्ट्रिय सभा सदस्य रिजालको आपत्ति

News Summary


राष्ट्रिय सभा सदस्य घनश्याम रिजालले पत्रकारमाथि प्रहरी धरपकडप्रति आपत्ति जनाएका छन्।

नयाँ पत्रिका, नेपाल प्रेस र दियो पोस्टलगायत सञ्चारगृहमा प्रहरी पुगेको घटनाप्रति उनले असन्तुष्टि व्यक्त गरेका छन्।

प्रेस स्वतन्त्रताविरोधी गतिविधि बन्द गर्न उनले सरकार र राज्य संयन्त्रको ध्यानाकर्षण गराएका छन्।

पक्राउ परेका पत्रकार विश्वमणि सुवेदी र शोभराज बराललाई तत्काल ससम्मान रिहा गर्न उनले माग गरेका छन्।

काठमाडौं । राष्ट्रिय सभा सदस्य घनश्याम रिजालले विभिन्न सञ्चारगृहमा पुगेर पत्रकारमाथि प्रहरीले गरेको धरपकडप्रति आपत्ति जनाएका छन् ।

नयाँ पत्रिका दैनिक, नेपाल प्रेस अनलाइन र दियो पोस्ट अनलाइनलगायत सञ्चारगृहमा प्रहरी पुगेको घटनाप्रति असन्तुष्टि जनाउँदै रिजालले प्रेस स्वतन्त्रताविरोधी गतिविधि तत्काल बन्द गर्न सरकार र राज्य संयन्त्रको ध्यानाकर्षण गराएका हुन् ।

उनले पक्राउ पुर्जीबिना गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै पत्रकार विश्वमणि सुवेदी र शोभराज बराललाई तत्काल ससम्मान रिहा गर्न माग गरेका छन् ।

रिजालले प्रेस स्वतन्त्रताको सम्मान गर्दै पत्रकारलाई निर्भयतापूर्वक काम गर्ने वातावरण बनाउन सम्बन्धित पक्षसँग आग्रह गरेका छन् ।

78 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट