Herda Herdai logo २ कार्तिक २०८३, आइतवार

भर्खरै

सलिना प्रथम

बिगु-२ ओराङमा सांस्कृतिक कार्यक्रम सम्पन्न, नृत्यमा सलिना ठकुरी प्रथम

वडा अध्यक्ष दीपक ठकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खुला नृत्य र हाँडी फुटाउने प्रतियोगिता

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २ कार्तिक २०८३, आइतवार
बिगु-२ ओराङमा सांस्कृतिक कार्यक्रम सम्पन्न, नृत्यमा सलिना ठकुरी प्रथम

News Summary


दोलखाको बिगु गाउँपालिका-२ ओराङमा दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

शनिबार बाटुले चौर शिवालय मन्दिरमा वडा अध्यक्ष दीपक ठकुरीको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो।

खुला नृत्य प्रतियोगितामा सलिना ठकुरी प्रथम, कविता तामाङ र फुलबुट्टी तामाङ द्वितीय, अप्सरा तामाङ तृतीय तथा बिबिका श्रेष्ठ सान्त्वना भएकी छन्।

प्रतियोगितामा विजेतालाई ३ हजारदेखि १० हजार रुपैयाँसम्म नगद पुरस्कार प्रदान गरिएको थियो भने अन्य सहभागीलाई जनही ५०० रुपैयाँ दिइएको थियो।

हाँडी फुटाउने प्रतियोगितामा समीर ठकुरी विजेता बनेका छन्।

दोलखा । दोलखाको बिगु गाउँपालिका-२ ओराङमा दशैँ, तिहार तथा छठ पर्वको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

शनिबार ओराङस्थित बाटुले चौर शिवालय मन्दिरमा वडा अध्यक्ष दीपक ठकुरीको अध्यक्षतामा आयोजित कार्यक्रममा खुला नृत्य प्रतियोगितासहित हाँडी फुटाउने प्रतियोगिता सञ्चालन गरिएको थियो।

खुला नृत्य प्रतियोगितामा सलिना ठकुरी प्रथम भएकी छन्। त्यस्तै, कविता तामाङ र फुलबुट्टी तामाङ द्वितीय, अप्सरा तामाङ तृतीय र बिबिका श्रेष्ठले सान्त्वना स्थान हासिल गरेका छन्।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। प्रतियोगितामा सहभागी अन्यलाई समेत जनही ५०० रुपैयाँ प्रदान गरिएको थियो।

त्यसैगरी, हाँडी फुटाउने प्रतियोगितामा समीर ठकुरी विजेता बनेका छन्। उनलाई २ हजार ५०० रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रममा विजेता तथा सहभागीलाई प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिएको थियो। चाडपर्वको अवसरमा आयोजित कार्यक्रमले स्थानीय कला, संस्कृति र प्रतिभा प्रवर्द्धनमा सहयोग पुर्‍याएको छ।

109 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट