उच्च शिक्षाप्रतिको घट्दो आकर्षणबारे वक्तृत्वकला, हेमन तामाङ प्रथम
हेमन तामाङले जिते प्रथम स्थान
491
SharesNews Summary
कालिञ्चोक-३ सिङ्गटीस्थित प्रताप स्मृति कलेजको १८औँ क्याम्पस सभाको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्नभएको छ ।
‘नेपालमा उच्च शिक्षाप्रतिको घट्दो आकर्षणको प्रभाव, चुनौती र समाधान’ विषयमा १५ विद्यालयका विद्यार्थी सहभागी भएका थिए ।
हलेश्वर मावि, सुरीका हेमन तामाङ प्रथम; उपमा रिजाल द्वितीय, दिपिना थापा तृतीय र रञ्जिता कार्की सान्त्वना भएका छन् ।
विजेतालाई नगद पुरस्कार तथा सहभागी सबैलाई प्रमाणपत्र र जनही ५ सय रुपैयाँ प्रदान गरिएको थियो ।
दोलखा । कालिञ्चोक गाउँपालिका-३, सिङ्गटीस्थित प्रताप स्मृति कलेजले १८औँ क्याम्पस सभाको अवसरमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगिता शनिबार सम्पन्न भएको छ।
‘नेपालमा उच्च शिक्षाप्रतिको घट्दो आकर्षणको प्रभाव, चुनौती र समाधान’ विषयमा आयोजित प्रतियोगितामा कालिञ्चोक, बिगु र गौरीशंकर गाउँपालिकाका १५ विद्यालयका विद्यार्थी सहभागी भएका थिए।
प्रतियोगितामा गौरीशंकर गाउँपालिका-५, सुरीस्थित हलेश्वर माध्यमिक विद्यालयका छात्र हेमन तामाङ प्रथम भएका छन्। बिगु गाउँपालिका-१, जगतस्थित गौरीशंकर माध्यमिक विद्यालयकी छात्रा उपमा रिजाल द्वितीय, कालिञ्चोक-५ स्थित लापिलाङ माध्यमिक विद्यालयकी दिपिना थापा तृतीय र गौरीशंकर-२, जुँगुस्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयकी रञ्जिता कार्की सान्त्वना भएकी छन्।
प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीले क्रमशः ७ हजार, ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई जनही ५ सय रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो।
कलेज व्यवस्थापन समितिका ज्येष्ठ सदस्य श्याम शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य घनश्याम रिजाल प्रमुख अतिथि थिए। कार्यक्रममा कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकीलगायतको उपस्थिति थियो।
कार्यक्रममा प्रमुख अतिथि रिजालसहित अतिथिहरूले विजेता विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए। सहायक कलेज प्रमुख रोशन कार्कीले कलेजको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।
प्रताप स्मृति कलेज २०६५ सालमा स्थापना भएको हो।
491 Shares