त्रिभुवन माविमा विद्यार्थी प्रतिभाको उत्सव, डान्स र सिङ्गिङ स्टारका विजेता घोषित
मेलुङस्थित त्रिभुवन माविमा डान्स स्टार र सिङ्गिङ स्टार सिजन–४ सम्पन्न, उत्कृष्ट शिक्षक सम्मानित
127
SharesNews Summary
मेलुङ-६ स्थित त्रिभुवन माध्यमिक विद्यालयमा ‘त्रिभुवन डान्स स्टार’ तथा ‘त्रिभुवन सिङ्गिङ स्टार’ सिजन-४ प्रतियोगिता सम्पन्न भएको छ।
डान्स स्टारतर्फ आरोशी परियार र सिङ्गिङ स्टारतर्फ मनिस तिवारी विजेता बनेका छन्।
कार्यक्रममा माध्यमिक तहतर्फ गोविन बराल, निम्न माध्यमिक तहतर्फ आरती उप्रेती र प्राथमिक तहतर्फ शारदा सेडाई उत्कृष्ट शिक्षकका रूपमा सम्मानित भएका छन्।
भाग्यशाली चिठ्ठामा कमल गिरीले फ्रिज, योजना थामीले खसी र जनक कार्कीले मोबाइल पुरस्कार प्राप्त गरेका छन्।
विद्यार्थीको प्रतिभा, सिर्जनशीलता र आत्मविश्वास विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रधानाध्यापक सन्तोष श्रेष्ठले बताएका छन्।
दोलखा । मेलुङ गाउँपालिका–६ स्थित त्रिभुवन माध्यमिक विद्यालयमा आयोजित ‘त्रिभुवन डान्स स्टार’ तथा ‘त्रिभुवन सिङ्गिङ स्टार’ सिजन–४ प्रतियोगिता सम्पन्न भएको छ। दसैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदानसँगै आयोजित कार्यक्रममा विद्यार्थीले आफ्नो नृत्य तथा गायन प्रतिभा प्रस्तुत गरेका थिए।
प्रतियोगिताको डान्स स्टारतर्फ आरोशी परियार विजेता बनेकी छन्। केशु कार्की फर्स्ट रनरअप, रेबिका श्रेष्ठ सेकेन्ड रनरअप र सुजता श्रेष्ठ थर्ड रनरअप भएका छन्।
त्यस्तै, सिङ्गिङ स्टारतर्फ मनिस तिवारी विजेता बनेका छन्। डिकेन श्रेष्ठ फर्स्ट रनरअप, स्वर्णिम थापा सेकेन्ड रनरअप र स्पन्दन श्रेष्ठ थर्ड रनरअप भएका छन्।
कार्यक्रममा उत्कृष्ट शिक्षकहरूलाई समेत सम्मान गरिएको थियो। माध्यमिक तहतर्फ गोविन बराल, निम्न माध्यमिक तहतर्फ आरती उप्रेती र प्राथमिक तहतर्फ शारदा सेडाई सम्मानित भएका छन्।
कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको भाग्यशाली चिठ्ठामा प्रथम पुरस्कार फ्रिज कमल गिरीले, द्वितीय पुरस्कार खसी योजना थामीले र तृतीय पुरस्कार मोबाइल जनक कार्कीले प्राप्त गरेका छन्।
मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गायत्री आचार्य, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, पूर्व विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
विद्यालयले विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्नुका साथै सिर्जनशीलता र आत्मविश्वास विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको विद्यालयका प्रधानाध्यापक सन्तोष श्रेष्ठले बताए। यस्ता कार्यक्रमले विद्यार्थीको प्रतिभा उजागर गर्नुका साथै विद्यालय र समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने उनको भनाइ छ।
127 Shares