विगुमा वडाध्यक्ष कप भलिबल सम्पन्न, गौरीशंकरको सुरि बन्यो विजेता
तीन दिनसम्म चलेको प्रतियोगितामा कालिन्चोकको सुन्द्रावती दोस्रो र विगु-७ तेस्रो।
252
SharesNews Summary
तेस्रो वडाध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगितामा गौरीशंकर गाउँपालिका-सुरिको टोली प्रथम भएको छ।
प्रतियोगितामा कालिन्चोक गाउँपालिका–सुन्द्रावती दोस्रो, विगु गाउँपालिका-७ तेस्रो र कालिन्चोक गाउँपालिका-सुनखानीको टोली सान्त्वना भएको छ।
प्रतियोगितामा प्रथम हुने टोलीले ७० हजार, दोस्रोले ५० हजार, तेस्रोले ३० हजार र सान्त्वना हुने टोलीले २० हजार रुपैयाँ पुरस्कार पाएका छन्।
सर्वोत्कृष्ट खेलाडीलाई ३ हजार र अन्य विधाका उत्कृष्ट खेलाडीलाई जनही २ हजार रुपैयाँसहित मेडल प्रदान गरिएको छ।
दोलखा । दोलखाको विगु गाउँपालिका-४ लादुकमा आयोजित तेस्रो वडाध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ। तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा गौरीशंकर गाउँपालिका-सुरिको टोली प्रथम भएको छ।
प्रतियोगितामा कालिन्चोक गाउँपालिका–सुन्द्रावती दोस्रो, विगु गाउँपालिका-७ को टोली तेस्रो र कालिन्चोक गाउँपालिका–सुनखानीको टोली सान्त्वना भएको छ।
प्रतियोगितामा प्रथम हुने टोलीले ७० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। दोस्रो हुने टोलीले ५० हजार, तेस्रो हुनेले ३० हजार र सान्त्वना हुने टोलीले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
त्यस्तै, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई ३ हजार रुपैयाँ नगद र मेडल प्रदान गरिएको छ। अन्य विधाका उत्कृष्ट खेलाडीले जनही २ हजार रुपैयाँ नगद र मेडल प्राप्त गरेका छन्।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि कालिन्चोक गाउँपालिकाका उपाध्यक्ष तथा नेकपाका नेता कुलबहादुर बुढाथोकी, विशेष अतिथि नेकपाका विगु गाउँपालिका अध्यक्ष रमेश ठकुरी, विगु-४ का अध्यक्ष रामचन्द्र खड्का, नेकपाका नेता दिनेश गुरुङ, रामकुमार खड्का तथा कार्यक्रमका अध्यक्ष एवं विगु गाउँपालिका-२ का वडाध्यक्ष दीपक ठकुरी सहभागी थिए। उनीहरूले विजेता तथा उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गरेका थिए।
स्थानीयस्तरमा खेलकुदको विकास गर्नुका साथै प्रतिभावान् खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले विगु गाउँपालिका-२ को आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको थियो।
252 Shares