सुनकोशीमा टाटा सुमो खस्यो, ३ जनाको मृत्यु, ३ बेपत्ता
काठमाडौँबाट खोटाङ जाँदै गरेको सुमो सुनकोशीमा खस्यो, ३ जनाको शव फेला, ३ बेपत्ता
143
SharesNews Summary
काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको टाटा सुमो सुनकोशी नदीमा खसेको छ।
सुमो सडकबाट करिब १०० मिटर तल खसेर नदीमा पुगेको हो।
दुर्घटनामा हालसम्म तीन जनाको शव फेला परेको छ।
दुर्घटनामा परेका तीन जना अझै बेपत्ता रहेका छन्।
सुमोमा सवार अन्य चार जनाको उपचार भइरहेको छ।
काठमाडौं । काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको टाटा सुमो सडकबाट करिब १०० मिटर तल खसेर सुनकोशी नदीमा पुगेको छ।
चालकसहित १० जना सवार रहेको सुमो दुर्घटनामा हालसम्म तीन जनाको शव फेला परेको छ भने तीन जना बेपत्ता छन्। दुर्घटनामा परेका अन्य चार जनाको उपचार भइरहेको छ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।
143 Shares