तीन स्वर्ण जितेका दोलखाका शेखर बने दक्षिण एसियाली प्रतियोगिताका उत्कृष्ट खेलाडी
आठ देश सहभागी प्रतियोगितामा तीन स्वर्ण जित्दै पाए ‘बेस्ट सिनियर प्लेयर अफ द टुर्नामेन्ट’ को उपाधि
106
SharesNews Summary
दोलखाको भीमेश्वर नगरपालिका-५ का शेखर थापाले तीन स्वर्ण पदक जितेका छन्।
उनले ७२ केजी व्यक्तिगत स्पारिङ, व्यक्तिगत प्याटर्न तेस्रो डान र टिम स्पारिङमा स्वर्ण जितेका हुन्।
आठ देश सहभागी प्रतियोगितामा नेपाल टिम च्याम्पियन बनेको छ।
थापाले ‘बेस्ट सिनियर प्लेयर अफ द टुर्नामेन्ट’ को उपाधिसमेत प्राप्त गरेका छन्।
दोलखा । दोलखाको भीमेश्वर नगरपालिका-५ का शेखर थापाले आठौँ दक्षिण एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिप-२०२६ मा तीन स्वर्ण पदक जितेका छन्। उनले प्रतियोगिताको उत्कृष्ट सिनियर खेलाडीको उपाधिसमेत प्राप्त गरेका छन्।
नोभेम्बर २० देखि २२ सम्म काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा प्रतियोगिता आयोजना भएको थियो। नेपाल इन्टरनेसनल तेक्वान्दो फेडेरेसनले आयोजना गरेको प्रतियोगितामा नेपालसहित आठ देशका खेलाडी सहभागी थिए।
थापाले सिनियर व्यक्तिगत स्पारिङको ७२ केजी तौल समूह, सिनियर व्यक्तिगत प्याटर्न तेस्रो डान र सिनियर टिम स्पारिङमा स्वर्ण पदक जितेका हुन्। उनले ‘बेस्ट सिनियर प्लेयर अफ द टुर्नामेन्ट’ को उपाधिसमेत पाएका छन्।
प्रतियोगितामा नेपाल टिम च्याम्पियन बनेको थियो। भारत, बंगलादेश, अफगानिस्तान, इथियोपिया, पाकिस्तान, श्रीलंका र माल्दिभ्सका खेलाडी पनि प्रतियोगितामा सहभागी थिए।
थापाको यो सफलताले दोलखाको खेलकुद क्षेत्रमा खुसी थपेको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा तीन स्वर्ण पदक जित्नुका साथै उत्कृष्ट सिनियर खेलाडीको उपाधि हासिल गर्नु जिल्लाका लागि पनि गौरवको विषय बनेको छ।
106 Shares