Herda Herdai logo ९ मंसिर २०८३, बुधवार

भर्खरै

शैलुङमा राष्ट्रपति रनिङ शिल्ड सुरु

मन्त्री भरत केसीले गरे शैलुङमा राष्ट्रपति रनिङ शिल्ड उद्घाटन

मन्त्री भरत केसीद्वारा उद्घाटन, १० विद्यालयका खेलाडी सहभागी

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क ९ मंसिर २०८३, बुधवार
मन्त्री भरत केसीले गरे शैलुङमा राष्ट्रपति रनिङ शिल्ड उद्घाटन

News Summary


दोलखाको शैलुङ गाउँपालिकामा आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।

बुधबार बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री भरत केसीले प्रतियोगिताको उद्घाटन गरेका छन्।

प्रतियोगितामा १० वटा माध्यमिक विद्यालयका विद्यार्थी खेलाडी सहभागी भएका छन्।

विभिन्न खेल विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता आइतबारसम्म सञ्चालन हुनेछ।

दोलखा । दोलखाको शैलुङ गाउँपालिकामा आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। बुधबार बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री भरत केसीले प्रतियोगिताको उद्घाटन गरेका हुन्।

शैलुङ रंगशालामा सुरु भएको प्रतियोगितामा गाउँपालिकाभित्रका १० वटा माध्यमिक विद्यालयका विद्यार्थी खेलाडी सहभागी छन्। प्रतियोगितामा विभिन्न खेल विधामा प्रतिस्पर्धा हुनेछ। आइतबारसम्म सञ्चालन हुने प्रतियोगितामा विद्यालयहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष रिमालबाबु श्रेष्ठ, उपाध्यक्ष पार्वती कार्कीसहित सबै वडाका वडाध्यक्ष, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी तथा अभिभावकको उपस्थिति रहेको थियो।

169 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट