११ पुष २०८२, शुक्रवार

भर्खरै

स्थानीय

दोलखामा नापतौल सचेतना कार्यक्रम

हेर्दाहेर्दै डेस्क २ पुष २०८२, बुधवार
दोलखामा नापतौल सचेतना कार्यक्रम

News Summary


  • दोलखामा व्यवसायीहरूलाई नापतौल यन्त्रको दर्ता, नवीकरण र कानुनबारे सचेतना कार्यक्रम सम्पन्न भयो।
  • यो कार्यक्रम गुणस्तर तथा नापतौल कार्यालय र दोलखा उद्योग वाणिज्य संघको सहकार्यमा आयोजना गरिएको थियो।

दोलखा — व्यवसायमा प्रयोग हुने नाप्ने तथा तौलने यन्त्रको दर्ता, नवीकरण र प्रचलित कानुनबारे जानकारी दिन दोलखामा नापतौल सचेतना कार्यक्रम सम्पन्न भएको छ।

गुणस्तर तथा नापतौल कार्यालय, काठमाडौंको आयोजनामा तथा दोलखा उद्योग वाणिज्य संघको सह–आयोजनामा बुधबार आयोजित कार्यक्रममा जिल्लाका व्यवसायीहरूलाई नापतौलसम्बन्धी मापदण्ड र कानुनी व्यवस्था बारे जानकारी गराइएको थियो।

कार्यक्रममा नापतौल कार्यालयका कर्मचारी, उद्योग वाणिज्य संघका पदाधिकारी तथा व्यवसायीहरूको सहभागिता रहेको थियो।

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट