Herda Herdai logo २० कार्तिक २०८३, शुक्रवार

भर्खरै

बिगु-७ बन्यो तेस्रो वडा अध्यक्ष कपको विजेता

बिगु-७ लाई तेस्रो वडा अध्यक्ष कप पुरुष भलिबलको उपाधि

लामाबगरमा तीन दिनसम्म चलेको पुरुष भलिबल प्रतियोगिता सम्पन्न

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २० कार्तिक २०८३, शुक्रवार
बिगु-७ लाई तेस्रो वडा अध्यक्ष कप पुरुष भलिबलको उपाधि

News Summary


बिगु गाउँपालिका-१ लामाबगरमा तेस्रो वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सम्पन्नभएको छ ।

बिगु गाउँपालिका-७ ले ५० हजार रुपैयाँसहित उपाधि जित्यो।

आयोजक बिगु-१ दोस्रो, गौरीशंकर-५ सुरी तेस्रो र बिगु-२ ओराङ सान्त्वना भयो।

प्रतियोगितामा विजेतादेखि सान्त्वना स्थानसम्मका टोलीले नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे।

दोलखा । बिगु गाउँपालिका-१ लामाबगरमा आयोजित तेस्रो वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ। तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिताको उपाधि बिगु गाउँपालिका-७ ले जितेको छ।

प्रतियोगितामा आयोजक बिगु गाउँपालिका–१ उपविजेता बनेको छ। विजेता बिगु-७ ले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बिगु-१ ले नगद ४० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ।

त्यस्तै, गौरीशंकर गाउँपालिका-५ सुरी तेस्रो भएको छ। सुरीले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। बिगु गाउँपालिका-२ ओराङले सान्त्वना स्थान हासिल गर्दै नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ।

बिगु गाउँपालिका-१ का वडा अध्यक्ष मेम्बा तामाङको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाका अभियान तथा प्रचार प्रसार विभाग प्रमुख   ओम कृष्ण आचार्य प्रमुख अतिथिका रूपमा सहभागी थिए।

175 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट