Herda Herdai logo २१ कार्तिक २०८३, शनिवार

भर्खरै

लामाबगर–फलाक नाका सञ्चालनका लागि नेकपाले काठमाडौंमा अन्तरक्रिया गर्ने

लामाबगर–फलाक नाका सञ्चालनको विषयमा काठमाडौंमा अन्तरक्रिया गर्दै नेकपा दोलखा

कात्तिक २२ गते हुने कार्यक्रममा नाका सञ्चालनका सम्भावना र चुनौतीबारे छलफल हुने

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २१ कार्तिक २०८३, शनिवार
लामाबगर–फलाक नाका सञ्चालनको विषयमा काठमाडौंमा अन्तरक्रिया गर्दै नेकपा दोलखा

Photo : AI

News Summary


नेकपा दोलखाले लामाबगर-फलाक नाका सञ्चालनको पहललाई सार्थक निष्कर्षमा पुर्‍याउने उद्देश्यले काठमाडौंमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागेको छ।

कार्यक्रममा नाका सञ्चालनका सम्भावना, चुनौती र त्यसका लागि आवश्यक साझा पहलका विषयमा छलफल गरिनेछ।

कार्यक्रम कात्तिक २२ गते बिहान ८ बजेदेखि ११ बजेसम्म काठमाडौंको बानेश्वरस्थित थापागाउँमा सञ्चालन हुनेछ।

कार्यक्रम नेकपा जिल्ला समिति दोलखा र दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिको संयुक्त आयोजनामा हुन लागेको हो।

काठमाडौं ।  दोलखाको लामाबगर-फलाक नाका सञ्चालनको पहललाई सार्थक निष्कर्षमा पुर्‍याउने उद्देश्यसहित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दोलखाले काठमाडौंमा अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ।

शुभदीपावली तथा छठ पर्वको अवसर पारेर आयोजना गर्न लागिएको कार्यक्रममा लामाबगर-फलाक नाका सञ्चालनका सम्भावना, चुनौती र त्यसका लागि आवश्यक साझा पहलका विषयमा छलफल हुने जनाइएको छ।

नेकपा जिल्ला समिति दोलखा र दोलखा-काठमाडौं सम्पर्क समन्वय समितिको आयोजनामा हुने कार्यक्रम कात्तिक २२ गते बिहान ८ बजेदेखि ११ बजेसम्म काठमाडौंको बानेश्वरस्थित थापागाउँमा सञ्चालन हुनेछ।

आयोजकले लामाबगर-फलाक नाका सञ्चालन दोलखाको विकास र समृद्धिसँग जोडिएको विषय भएकाले यसको पहललाई निष्कर्षमा पुर्‍याउन साझा प्रतिबद्धता, सहकार्य र एकता आवश्यक रहेको जनाएको छ।

कार्यक्रममा सहभागी भई आफ्ना सुझाव, विचार तथा धारणा राख्न आयोजकले सम्पूर्ण दोलखावासीलाई आग्रह गरेको छ।

503 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट