रवि दाइ हाइहाइ भन्दैमा लोकतन्त्र आएको होइन’ : रवि लामिछाने
कतन्त्र कुनै व्यक्ति वा दलको लोकप्रियताले नभई लामो संघर्ष र बलिदानीबाट प्राप्त भएको रवि लामिछानेको भनाइ।
142
SharesNews Summary
लोकतन्त्र लामो राजनीतिक संघर्ष र पुस्तौँको बलिदानीबाट प्राप्त भएको रवि लामिछानेले बताएका छन्।
लोकतान्त्रिक आन्दोलनमा ज्यान गुमाउने, अंग गुमाउने तथा योगदान दिनेहरूको अपमान गर्न नहुने उनले बताएका छन्।
रास्वपाभित्र उठ्ने असन्तुष्टि र सरकारप्रतिको आलोचना पार्टी विभाजनको संकेत नभएको लामिछानेले स्पष्ट पारेका छन्।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकतन्त्र कुनै व्यक्ति वा राजनीतिक दलको लोकप्रियताका कारण नभई लामो संघर्ष र बलिदानीबाट प्राप्त भएको बताएका छन्।
चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्रका लागि ज्यान गुमाउने, अंग गुमाउने तथा योगदान दिने पुस्ताको बलिदानीलाई अवमूल्यन गर्ने अधिकार कसैलाई नभएको बताए।
‘घण्टी बजाउँदै हिँडेर लोकतन्त्र आएको होइन, रवि दाइ हाइहाइ भन्दै प्राप्त भएको होइन,’ लामिछानेले भने।
उनले रास्वपाभित्र उठ्ने असन्तुष्टि र सरकारप्रतिको आलोचनालाई विद्रोह, विग्रह वा पार्टी विभाजनका रूपमा बुझ्न नहुने पनि स्पष्ट पारेका छन्।
142 Shares