चरिकोटमा दोस्रो तिहार सांस्कृतिक कार्यक्रम सम्पन्न
स्थानीय कला, संस्कृति र प्रतिभाको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा जोड।
Jiban Lama
153
SharesNews Summary
एसकव डान्स स्टुडियोको आयोजनामा चरिकोटमा दोस्रो तिहार सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममार्फत स्थानीय कला, संस्कृति र प्रतिभाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
सीईओ सुस्मिता पाख्रिन तामाङले निराशालाई खुसीमा बदल्दै पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको बताइन्।
भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वरनारायण मानन्धरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
भीमेश्वर नगरपालिका, दोलखा उद्योग वाणिज्य संघलगायत विभिन्न संघसंस्थाले कार्यक्रमलाई सहयोग गरेका थिए।
दोलखा । स्थानीय कला, संस्कृति र प्रतिभाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले दोलखाको सदरमुकाम चरिकोटमा दोस्रो तिहार सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
एसकव डान्स स्टुडियोको आयोजनामा भएको कार्यक्रममा स्थानीय कला, संस्कृति र प्रतिभा प्रस्तुत गरिएको थियो। आयोजकका अनुसार कार्यक्रमले मनोरञ्जनसँगै दोलखाको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
एसकव डान्स स्टुडियोकी सीईओ सुस्मिता पाख्रिन तामाङले निराशालाई खुसीमा बदल्नुका साथै स्थानीय कला र संस्कृतिको संरक्षण तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन्।
उनका अनुसार यस्ता कार्यक्रमले स्थानीय कलाकारको प्रतिभा उजागर गर्नुका साथै दोलखाका पर्यटकीय गन्तव्यको प्रचारप्रसार र आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछ।
स्टुडियोकी सीईओ तामाङको अध्यक्षता तथा भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वरनारायण मानन्धरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमलाई भीमेश्वर नगरपालिका र दोलखा उद्योग वाणिज्य संघलगायतले आर्थिक सहयोग गरेका थिए। एभरेष्ट इभेन्ट्स र एनआरडी इन्टरटेनमेन्टले सांस्कृतिक तथा प्राविधिक सहयोग गरेका थिए।
आयोजक फुर्वा शेर्पाका अनुसार विभिन्न संघसंस्था तथा व्यक्तिहरूको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।
153 Shares