१५ असार २०८३, सोमवार

भर्खरै

एपेक्स स्कुलद्वारा 'एपेक्स क्रोनिकल्स' सम्पन्न; विद्यार्थीले सिके दोलखाको गौरवशाली इतिहास ।

एपेक्स स्कुलका विद्यार्थीले सिके दोलखाको इतिहास

किताबी ज्ञानभन्दा बाहिर: इतिहाससँग प्रत्यक्ष साक्षात्कार ।

हेर्दाहेर्दै डेस्क ३१ वैशाख २०८३, बिहिवार
एपेक्स स्कुलका विद्यार्थीले सिके दोलखाको इतिहास

News Summary


  • दोलखाको एपेक्स स्कुलले 'एपेक्स क्रोनिकल्स' कार्यक्रम आयोजना गरी विद्यार्थीहरूलाई स्थानीय इतिहास र संस्कृतिबारे सिकाएको छ।
  • यस कार्यक्रममा प्राचीन दोलखाका अभियन्ता शान्तकृष्ण श्रेष्ठसँग प्रत्यक्ष कुराकानी गरी विद्यार्थीहरूले दोलखाको इतिहास र पहिचानबारे व्यवहारिक ज्ञान लिए।
  • विद्यालयले किताबभन्दा बाहिरको व्यवहारिक ज्ञान दिन यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर गरिने जनाएको छ।

दोलखा । दोलखाको चरीकोटमा रहेको एपेक्स स्कुलले विद्यार्थीहरूलाई आफ्नो ठाउँको इतिहास र संस्कृति बुझाउन विशेष कार्यक्रम 'एपेक्स क्रोनिकल्स' आयोजना गरेको छ।

​"घुम्दै, सिक्दै, इतिहास बुझ्दै" भन्ने लक्ष्यका साथ गरिएको यो कार्यक्रममा प्राचीन सहर दोलखाका अभियन्ता शान्तकृष्ण श्रेष्ठलाई अतिथिका रूपमा बोलाइएको थियो। कार्यक्रममा विद्यार्थीहरूले श्रेष्ठसँग प्रत्यक्ष कुराकानी गर्दै दोलखाको पुरानो इतिहास, यहाँको चालचलन र पहिचानका बारेमा जानकारी लिएका थिए।

​इतिहास किताबमा पढेर मात्र नभई अनुभव र कुराकानीबाट पनि सिक्न सकिन्छ भन्ने उद्देश्यले यो कार्यक्रम गरिएको विद्यालयले जनाएको छ। यसले विद्यार्थीहरूलाई आफ्नो ठाउँ र सभ्यताप्रति गौरव गर्न सिकाएको छ।

​विद्यालयका अनुसार विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान दिन यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि गरिँदै लैजाने बताइएको छ।

740 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट