Herda Herdai logo ९ असोज २०८३, शुक्रवार

भर्खरै

दूधदेखि किवीसम्म अनुदान

गौरीशंकरमा दूध, सुन्तला र किवीमा प्रतिकेजी ३ रुपैयाँ अनुदान

उत्पादन बढाउन किसानलाई गाउँपालिकाको प्रोत्साहन

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क ९ असोज २०८३, शुक्रवार
गौरीशंकरमा दूध, सुन्तला र किवीमा प्रतिकेजी ३ रुपैयाँ अनुदान

News Summary


गौरीशंकर गाउँपालिकाले दूध, सुन्तला र किवीमा उत्पादनका आधारमा प्रतिकेजी (लिटर) ३ रुपैयाँ अनुदान दिने भएको छ।

अनुदान लिन इच्छुक किसानले आवश्यक कागजातसहित सम्बन्धित वडा कार्यालयमा दर्ता हुनुपर्नेछ।

कृषि उपजको बिक्री-वितरणमा सहजीकरण गर्ने फर्म, सहकारी र डेरीलाई प्रतिकेजी २५ पैसा सहजीकरण शुल्क दिइनेछ।

गाउँपालिका अध्यक्ष विश्वास कार्कीका अनुसार किसानलाई उत्पादनमा प्रोत्साहन गर्दै प्रत्यक्ष लाभ पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

दोलखा । गौरीशंकर गाउँपालिकाले चालु आर्थिक वर्षदेखि दूध, सुन्तला र किवी उत्पादन गर्ने किसानलाई उत्पादनका आधारमा प्रतिकेजी ३ रुपैयाँ अनुदान दिने भएको छ।

गाउँपालिका अध्यक्ष विश्वास कार्कीले उत्पादन गर्ने किसानलाई प्रत्यक्ष लाभ पुग्ने गरी अनुदान कार्यक्रम सञ्चालन गर्न लागिएको बताए। उनका अनुसार गाउँपालिकाले यसअघि पनि यस्ता अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

अनुदान लिन इच्छुक किसानले आवश्यक कागजातसहित सम्बन्धित वडा कार्यालयमा दर्ता हुनुपर्नेछ।

त्यस्तै, उत्पादनको बिक्री-वितरणमा सहजीकरण गर्ने फर्म, सहकारी तथा डेरीलाई प्रतिकेजी २५ पैसाका दरले सहजीकरण शुल्क उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ।

अनुदानसम्बन्धी थप जानकारीका लागि सम्बन्धित वडाका कृषि तथा पशु प्राविधिक वा गाउँपालिकाको कृषि तथा पशु शाखामा सम्पर्क गर्न सकिनेछ।

119 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट