Herda Herdai logo ३ असोज २०८३, शनिवार

भर्खरै

गौरीशंकर गाउँपालिकाको नयाँ नीति: किसान अनुदानको २% अब विद्यालयको दिवा खाजामा

गाउँपालिकाको निर्णय: किसानको अनुदान अब विद्यालयको दिवा खाजामा

विद्यालयको पोषण तथा स्थानीय उत्पादन प्रवर्द्धनसँग जोडिएको नमूना योजना गाउँपालिकाभर लागू

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क १६ माघ २०८२, शुक्रवार
गाउँपालिकाको निर्णय: किसानको अनुदान अब विद्यालयको दिवा खाजामा

News Summary


  • गौरीशंकर गाउँपालिकाले कृषि तथा पशुपालन अनुदान प्राप्त गर्ने किसानहरूले अनुदानको २ प्रतिशत बराबरको सामग्री विद्यालयका बालबालिकाको दिवा खाजाका लागि अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने नीति लागू गरेको छ।
  • यो २ प्रतिशत रकम अनुदानभित्रै समायोजन हुने भएकाले कृषकलाई अतिरिक्त आर्थिक भार पर्दैन; तर अनुदान भुक्तानी सामग्री बुझाएको प्रमाण पेस गरेपछि मात्र गरिनेछ।
  • यस नीतिको मुख्य उद्देश्य बालबालिकालाई ताजा र पोषिलो दिवा खाजा सुनिश्चित गर्नु र स्थानीय उत्पादनका लागि गाउँमै स्थायी बजार निर्माण गर्नु हो।

दोलखा । गौरीशंकर गाउँपालिकाले कृषि तथा पशुपालन अनुदानलाई विद्यालयका बालबालिकाको पोषणसँग जोड्ने नयाँ नीति लागू गरेको छ। अब स्थानीय किसान तथा कृषि–पशुपालन फर्मले पाउने अनुदानको २ प्रतिशत बराबरको सामग्री अनिवार्य रूपमा विद्यालयको दिवा खाजाका लागि उपलब्ध गराउनुपर्नेछ। अनुदानको सो २ प्रतिशत नै अनुदान रकम भित्र समायोजन हुने भएकाले कृषकलाई अतिरिक्त आर्थिक भार नपर्ने गरी कार्यक्रम कार्यान्वयन गरिएको पालिकाले जनाएको छ।

यो योजना वडा नं. ४ झ्याकुबाट सुरु भई हाल गाउँपालिकाका सबै वडामा विस्तार भइसकेको छ। नीतिअन्तर्गत चुनडाँडा चौँरीपालन फर्मले मानेडाँडा माध्यमिक विद्यालयलाई चार हजार चार सय रुपैयाँ बराबरको घिउ र छुर्पी उपलब्ध गराएको छ। त्यस्तै, किसान डोपछिरि शेर्पाले गोर्पाङ आधारभूत विद्यालयलाई चार हजार रुपैयाँ बराबरको दूध र छुर्पी बुझाएका छन्।

अनुदान भुक्तानी प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन पालिकाले किसानले विद्यालयमा सामग्री बुझाएको प्रमाण पेस गरेपछि मात्र भुक्तानी दिने व्यवस्था गरेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटिका अनुसार, यो नीतिले विद्यालयका बालबालिकाले दैनिक पाउने दिवा खाजामा ताजा र पोषिलो सामग्री सुनिश्चित गर्नुका साथै स्थानीय उत्पादनलाई गाउँमै स्थायी बजार निर्माण गर्ने उद्देश्य लिएको छ।

1035 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट